logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • पार्टी सुधारमा जोखिम उठाउनैपर्छ, कांग्रेस सुधारकाे काम गर्दा महामन्त्री पद गए जाओस्ः गगन

    पार्टी सुधारमा जोखिम उठाउनैपर्छ, कांग्रेस सुधारकाे काम गर्दा महामन्त्री पद गए जाओस्ः गगन

    987
    Shares
    पार्टी सुधारमा जोखिम उठाउनैपर्छ, कांग्रेस सुधारकाे काम गर्दा महामन्त्री पद गए जाओस्ः गगन

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीलाई बेगका साथ सुधार गर्नुपर्ने समय आएको बताएका छन् ।

    कांग्रेस ललितपुरले आज गरेको कार्यक्रममा बोल्दै महामन्त्री थापाले पार्टी सुधारका पक्षमा होमिन नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरे ।

    ‘गलत निर्णय गर्नबाट पार्टीलाई रोक्न सकियो, पार्टीलाई सच्याउन सकियो र पार्टीलाई जनमुखी बनाउन सकियो भने कसैले पनि रोक्न सक्दैन,’ महामन्त्री थापाले भने, ‘हाम्रो बेगलाई कसैले रोक्न सक्दैन, नयाँ पुराना कोहीसँग डराउन पर्दैन। तर पार्टीमा जहाँ रोग लागेको छ त्यहाँ उपचार गर्नुपर्छ।’

    उनले पार्टीभित्र देखिएका समस्या समाधान गर्ने आँट गर्नुपर्ने बताए।

    ‘पार्टीको प्रत्येक सदस्य अब जोखिम उठाउन तयार हुनुपर्छ। सबै जना मानिस अब आफ्नो सुविधाको ठाउँबाट बाहिर निस्कनुपर्छ,’ थापाले भने, ‘मेरो पद गए जाओस्, म कांग्रेस कार्यकर्ता मात्रै भएर बस्न परे बस्छु। म कांग्रेसको महामन्त्री छु, पार्टी सुधार गर्ने काममा जोखिम उठाएर काम गर्दै गर्दा महामन्त्री गए जाओस्। सदस्य मात्रै भएर बस्न परे बसुँ।’

    उनले पार्टीलाई निराशाबाट बाहिर ल्याउन सबैको साथ आवश्यक रहेको उल्लेख गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend