logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • साधारण खर्चमात्र १२ खर्ब २५ अर्ब ८० करोड: अर्थमन्त्री महत

    साधारण खर्चमात्र १२ खर्ब २५ अर्ब ८० करोड: अर्थमन्त्री महत

    1.1K
    Shares
    साधारण खर्चमात्र १२ खर्ब २५ अर्ब ८० करोड: अर्थमन्त्री महत

    काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले साधारण खर्च बढ्दा त्यसले अर्थतन्त्रमा समस्या सिर्जना भएको बताएका छन् ।

    सोमबार आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री महतले अर्थतन्त्रमा रहेका समस्या प्रस्तुत गरेका हुन्। जसमा उनले साधारण खर्चमात्र १२ खर्ब २५ अर्ब ८० करोड पुगेको बताए ।

    संरचनात्मक तथा केही नीतिगत समस्या रहेको भन्दै उनले रूस–युक्रेन युद्धले आपूर्तिमा असर गरेको बताए ।

    उनले उच्च ब्याजदर, पूँजीगत खर्च नबढेको, समष्टिगत मागमा कमी आएका कारण पनि अर्थतन्त्र समस्यामा परेको बताए ।

    मुद्रा स्फीति नियन्त्रण र विनिमय सञ्चिति कायम गर्न लिएका नीतिले पनि समस्या बढाएको अर्थमन्त्री महतको भनाई छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend