logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • आगामी आर्थिक वर्षको बजेट

    अर्थतन्त्रमा देखिएका समस्या तथा चुनौतिहरुलाई सम्बोधन गर्नेतर्फ निर्देशित : अर्थमन्त्री

    अर्थतन्त्रमा देखिएका समस्या तथा चुनौतिहरुलाई सम्बोधन गर्नेतर्फ निर्देशित : अर्थमन्त्री

    1.3K
    Shares
    अर्थतन्त्रमा देखिएका समस्या तथा चुनौतिहरुलाई सम्बोधन गर्नेतर्फ निर्देशित : अर्थमन्त्री

    काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या तथा चुनौतिहरुलाई सम्बोधन गर्दै मुलुकको सवल अर्थतन्त्र निर्माण गर्नेतर्फ सरकारको आगामी आर्थिक वर्षको बजेट निर्देशित रहेको बताएका छन् ।

    सोमबार संघीय संसदको दुवै सदनमा सरकारको आगामी आर्थिक वर्षको बजेट पेश गर्दै अर्थमन्त्री महतले आम जनताको विकास र समृद्धिको चाहनालाई सम्बोधन गर्ने तथा पछाडि परेका वर्ग, क्षेत्र, लिंग र समूदायलाई आर्थिक लाभको पहुँचतर्फ लैजाने विषयमा बजेट केन्द्रित गरेको बताए ।

    उनले आगामी आर्थिक वर्षको बजेट मुलुकको समृद्धि, सुशासन र सामाजिक न्याय कायम गर्न लक्षित हुनेछ उल्लेख गरे । अर्थमन्त्री महतले राजनीतिक दल, जनप्रतिनिधि, सार्वजनिक प्रशासन, संघसंस्था, निजी क्षेत्र, नागरिक समाज, गैर आवासीय नेपाली, विकास साझेदार, सञ्चार जगत र आम नागरिकको सहयोग र ऐक्यवद्धताबाट अर्थतन्त्रमा देखिएका विद्यमान चुनौति सामना गर्दै बजेटले लिएका लक्ष्य हासिल गर्न सकिने विश्वास समेत व्यक्त गरे ।

    आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्दा आफूले जनअपेक्षालाई सम्बोधन गर्ने र अर्थतन्त्रमा देखिएका अप्ठ्याराहरु हटाई जनतामा आशा र भरोसाको सञ्चार गर्ने जिम्मेवारीबोध गरेको पनि अर्थतन्त्र महतले बताए ।

    उनले प्रतिस्पर्धी क्षमता तथा तुलनात्मक लाभ, रुग्न भएको उद्योग प्रवद्र्धन गर्ने, डिजिटल र हरित अर्थतन्त्र विकास गर्ने, युवालाई मुलुक भित्रै आर्थिक गतिविधिमा आवद्ध हुन अभिप्रेरित गर्ने, उद्यमशीलता विकास गरी गरिवी न्यूनिकरण गर्ने, सार्वजनिक सम्पत्तिको जर्गेना गर्ने तथा स्रोत र साधनको प्रभावकारी एवम् परिणाममुखि परिचालन गर्ने दिशामा बजेट उन्मुख रहेको बताए ।

    अर्थमन्त्री महतले भने, ‘मुलुकको अर्थतन्त्रमा देखिएका समस्या तथा चुनौतिलाई सम्बोधन गर्दै अर्थतन्त्रलाई गतिशील बनाउने, निजी क्षेत्रको मनोबल उच्च बनाउने र उच्च, दिगो एवम् फराकिलो आर्थिक वृद्धिसहितको सवल अर्थतन्त्र निर्माण गर्नेतर्फ आगामी आर्थिक वर्षको बजेट निर्देशित गरेको छु । आम जनताको विकास र समृद्धिको चाहनालाई सम्बोधन गर्ने तथा सिमान्तकृत तथा पछाडि परेका वर्ग, क्षेत्र, लिंग र समूदायलाई आर्थिक लाभको पहुँचमा पु¥याउनेतर्फ बजेट तथा कार्यक्रम लक्षित गरेको छु । आगामी बजेट समृद्धि, सुशासन र सामाजिक न्याय कायम गर्न लक्षित हुनेछ । प्रतिस्पर्धी क्षमता तथा तुलनात्मक लाभ, रुग्न भएको उद्योग प्रवद्र्धन गर्ने, डिजिटल र हरित अर्थतन्त्र विकास गर्ने, युवालाई मुलुक भित्रै आर्थिक गतिविधिमा आवद्ध हुन अभिप्रेरित गर्ने, उद्यमशीलता विकास गरी गरिवी न्यूनिकरण गर्ने, सार्वजनिक सम्पत्तिको जर्गेना गर्ने तथा स्रोत र साधनको प्रभावकारी एवम् परिणाममुखि परिचालन गर्ने दिशामा बजेट उन्मुख रहेको छ । बजेट तर्जुमा गर्दा नेपालको संविधान, आवधिक योजना, दिगो विकास लक्ष्य, संंंयुक्त सरकारको प्राथमिकता र साझा न्यनतम कार्यक्रम, नेपाल सरकारको नीति तथा कार्यक्रम र विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता उपर भएको छलफलको क्रममा माननीय सदस्यहरुबाट प्राप्त सुझावलाई मार्गदर्शनको रुपमा लिएको छु । यसैगरी प्रदेश र स्थानीय तह, राजनीतिक दल, संघ, संस्था, विद्धतवर्ग, आम नागरिक, नागरिक समाज, निजी क्षेत्र, सञ्चार जगतलगायत सबैबाट प्राप्त सुझावलाई समेत आधार बनाएको छु । मैले आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्दा जनअपेक्षालाई सम्बोधन गर्ने र अर्थतन्त्रमा देखिएका अप्ठ्याराहरु हटाई जनतामा आशा र भरोसाको सञ्चार गर्ने जिम्मेवारीबोध गरेको छु । राजनीतिक दल, जनप्रतिनिधि, सार्वजनिक प्रशासन, संघसंस्था, निजी क्षेत्र, नागरिक समाज, गैर आवासीय नेपाली, विकास साझेदार, सञ्चार जगत र आम नागरिकको सहयोग र ऐक्यवद्धताबाट अर्थतन्त्रमा देखिएका विद्यमान चुनौति सामना गर्दै बजेटले लिएका लक्ष्य हासिल गर्न सकिने विश्वास लिएको छु ।’

    अर्थमन्त्री महतले जनतामा आशा र भरोसाको सञ्चार गराउन पनि आगामी आर्थिक वर्षको बजेट सफल हुने दावी समेत गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend