काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले नेपाली बजारमा सुनको मूल्य बढेको जनाएको छ । महासंघका अनुसार आज सुनको मूल्य तोलामा दुई हजार ४०० रुपैयाँले बढेको छ ।
आज छापावाल सुन तोलामा एक लाख १० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सुन तोलामा एक लाख आठ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजाबी सुन तोलामा एक लाख नौ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदी तोलामा १५ रुपैयाँले बढेको छ । आज चाँदी तोलामा एक हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।