काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफू मरेपछि आफ्नो शालिक बनाउन र स्मृति दिवस मनाएर खर्च गर्ने कार्य आवश्यक नभएको बताएका छन् ।
अनेमसंघद्धारा काठमाडौंमा आयोजित एक कायक्रमलाई सम्बोधन गर्दै ओलीले आफूलाई सम्झिने वा स्मृति दिवस मनाएर खर्च गर्न जरुरी नभएको भनेका हुन् ।
‘म मरेपछि मलाई सम्झिनु पर्दैन् । मेरो शालिक बनाउनु पर्दैन् ।’, उनले भने, ‘किन समय खेल फाल्ने ? मूर्ती बनाउनु पर्दैन् । सालिक बनाउनु पर्दै । स्मृति दिवस मनाएर खर्च गर्नु पर्दैन् ।’
त्यस्तै, अध्यक्ष ओलीले आफ्नो कार्यकालमा राम्रो गर्न नसक्ने र पदमा बसिराख्ने काम सही नभएको टीप्पणी गरेका छन् ।
योसँगै अध्यक्ष ओलीले काम गर्न नसक्ने अवस्थामा पुगेपछि आफू बसेको पद र प्रतिष्ठालाई छोड्नु पर्ने विचार राखे ।