logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • अर्थमन्त्रीकाे गुनासाे– मिडियाले बजेटका सकारात्मक कार्यक्रमलाई ढाकछोप गरी प्रचार गरे

    अर्थमन्त्रीकाे गुनासाे– मिडियाले बजेटका सकारात्मक कार्यक्रमलाई ढाकछोप गरी प्रचार गरे

    1.3K
    Shares
    अर्थमन्त्रीकाे गुनासाे– मिडियाले बजेटका सकारात्मक कार्यक्रमलाई ढाकछोप गरी प्रचार गरे

    काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक बर्षको बजेटले एकैचोटी आमूल रुपान्तरण गर्न नसकेपनि आर्थिक क्षेत्रमा पर्याप्त सुधार ल्याउने दाबी गरेका छन् ।

    आर्थिक पत्रकार समाज सेजनले बुधबार आयोजना गरेको पोस्ट बजेटबारे गरेको छलफल कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले संकटापन्न आर्थिक अवस्था सुधारमा धेरै महत्वपूर्ण उपलब्धि हासिल गर्ने गरी बजेट निर्माण गरिएको बताए ।

    बजेटको अहिलेको आकारभन्दा पनि ठूलो बनाउन आफूलाई दबाब आएको उल्लेख गर्दै उनले परिस्थितिका कारण केही ठूलो बजेट निर्माण गरिएको बताए ।

    सांसद विकास कोषको बजेट पुँजीगत नै भएको भन्दै उनले दुरुपयोग नहुने विश्वास दिलाए। सांसद विकास कोषको बजेट सांसदले सिधै खर्च गर्न नसक्ने र सो कोषको बजेटमा सांसदको भूमिका सिफारिस गर्ने मात्रै हुने उनको भनाई छ ।

    यद्यपी, सञ्चारमाध्यमले बजेटका सकारात्मक कार्यक्रम ढाकेर सांसद विकास कोषको मात्रै प्रचार गरेको गुनासो सुनाए । ‘सांसद विकास कोषलाई मिडियामा बजेटका राम्रा कार्यक्रम ढाकेर प्रचार भयो, यो कोष होइन, कार्यक्रम हो, त्यही अनुसार बुझौं ।’ महतले भने ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend