बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच भेट, प्रचण्डले गराए भारत भ्रमणको जानकारी

राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच भेट, प्रचण्डले गराए भारत भ्रमणको जानकारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति रामचन्द्र पौडेलबीच आज बिहान भेटघाट भएको छ ।

उक्त भेटमा प्रधानमन्त्री प्रचण्डले आजदेखि हुने आफ्नो भारत भ्रमणबारे राष्ट्रपति पौडेललाई जानकारी दिएका छन् ।

प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमणबारे राष्ट्रपतिलाई जानकारी गराएको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

चारदिने भारत भ्रमणका लागि प्रधानमन्त्री प्रचण्ड आज दिउँसो १ बजे नयाँदिल्ली जाँदै छन् । उनी जेठ २० गते स्वदेश फर्किने कार्यसूची रहेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend