
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज बुधबार नागरिकता विधेयक प्रमाणीकरण गरेका छन्।
यसअघिको संसदले दुई पटक पारित गरेको नागरिकता विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेपछि राष्ट्रपति कार्यालयमै होल्ड रहेको थियो ।
वर्तमान सरकारले नागरिकतासम्बन्धी उक्त विधेयक पारित गर्न राष्ट्रपति पौडेलसामु अनुरोध गरेको थियो। गत जेठ १२ गतेको मन्त्रिपरिषद बैठकले नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको थियो।
‘राष्ट्रपतिज्यूले नागरिकता विधेयक प्रमाणीकरण गरेका र केहीबेरमा विज्ञप्ती आउने राष्ट्रपति कार्यालय स्रोतले जानकारी दिएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend