logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • टी-२० मा मलेसियामाथि नेपालको दोस्रो जित

    टी-२० मा मलेसियामाथि नेपालको दोस्रो जित

    875
    Shares
    टी-२० मा मलेसियामाथि नेपालको दोस्रो जित

    काठमाडौं । मलेसियाविरुद्धको दोस्रो खेलमा पनि नेपाली महिला क्रिकेट टोलीले जित निकालेको छ ।

    पाँच खेलको सिरिज अन्तर्गत आज भएको तेस्रो खेलमा घरेलु टोली मलेसियालाई २७ रनले पराजित गर्दै नेपालले दुई खेलमा जित निकालेको हो ।

    मलेसियाको बांगीस्थित युएसडी युकेएम ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर ११० रन बनाएको हो ।

    नेपालका लागि कप्तान रुबिना क्षेत्रीले सर्वाधिक २७ रन बनाइन् । त्यस्तै ज्योति पाण्डे २३ रनको योगदान दिँदा इन्दु बर्माले २० रन बनाइन् । कविता कुँवर दुई रनमा आउट हुँदा कविता जोशी एक रन तथा विन्दु रावल तीन रनमा अविजित रहिन् ।

    मलेसियाका लागि निक नुर अटिएलाले दुई तथा आयसा इलिसा र विनफ्रेड अन्नेले समान एक एक विकेट लिएक थिए ।

    नेपालले दिएको १११ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित ओभरमा चार विकेट गुमाउँदै ८३ रन मात्र बनाउन सक्यो । मलेसियाका लागि माहिरा इजाति इस्मेइनलले अविजित ४४ रन बनाइन् ।

    त्यस्तै आइना नजवा ९ रनमा अविजित रहिन् । विनफ्रेड अन्नेले २० रनको योगदान दिँदा वान जुलिया ६ तथा मास इलस्या दुई रनमा पविलियन फर्किइन् ।

    मलेसियालाई रोक्न नेपालका लागि कविता कुँवर, सिता रानामगर र इन्दु बर्माले समान एक एक विकेट लिए ।

    नेपाल पहिलो खेलमा इतिहासमै पहिलो पटक मलेसियासँग पराजित भएको थियो ।

    पहिलो खेल मलेसियाले पाँच विकेटले जितेको थियो । दोस्रो खेलमा नेपालले पुनरागमन गर्दै सात विकेटले जितेको थियो । नेपाली महिला टोली पाँच टि–२० श्रृंखलाका लागि मलेसिया भ्रमणमा रहेको छ । नेपालले चौथो खेल ३ जुनमा खेल्नेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend