logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • बिहेको प्रस्ताव अस्वीकार गरेपछि प्रेमिका र काकाको हत्या

    बिहेको प्रस्ताव अस्वीकार गरेपछि प्रेमिका र काकाको हत्या

    1.6K
    Shares
    बिहेको प्रस्ताव अस्वीकार गरेपछि प्रेमिका र काकाको हत्या

    कपिलवस्तु । कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताए।

    बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७० वर्षीय बमबहादुर थारु र उनकी भतिजी २२ वर्षीया अञ्जनी थारुको चक्कु प्रहार गरी हत्या गरिएको हो ।

    आज बिहान ९ बजेतिर दुवै जनालाई चक्कु प्रहार गरिएको थियो । तत्काल उपचारका लागि भतिजीलाई भैरहवा मेडिकल कलेज र काकालाई स्थानीय अस्पताल लगिएको थियो । उनीहरू दुवै जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    रुपन्देहीको कञ्चनका २२ वर्षीय मोहन थारुले उनीहरूमाथि चक्कु प्रहार गरेको प्रहरी नायब उपरीक्षक घलेले जानकारी दिए। चक्कु प्रहारपछि दुवैजना गम्भीर घाइते भएका थिए । बमबहादुरको जीतपुरमा उपचारका क्रममा र अञ्जनीको मेडिकल कलेज भैरहवामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार मोहन र अञ्जनी विगत दुई वर्षदेखि प्रेम सम्बन्धमा रहेको बताइएको छ । बिहेको प्रस्ताव अस्वीकार गरेपछि हत्या गरेको बताइएको छ । हत्या गर्ने थारुलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend