बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

सब कन्ट्याक्टर राखेर भएपनि समयमै संसद भवन निर्माण सक्नूस्ः उपसभामुख

सब कन्ट्याक्टर राखेर भएपनि समयमै संसद भवन निर्माण सक्नूस्ः उपसभामुख

काठमाडौं । उपसभामुख इन्दिरा रानाले सयमको दुरुपयोग गर्नु भ्रष्टाचार सरह भएकाले नयाँ संसद भवन निर्माणको प्रक्रिया समयमा नै सम्पन्न हुुनपर्ने बताएकी छन् ।

बिहीवार सिंहदरबारस्थित निर्माणधीन संसद भवनको निरीक्षण एवं अवलोकन गर्दै उनले ठेक्काको समयभित्रै काम सम्पन्न गर्नुपर्नेमा जोड दिएकी हुन् ।

उनले मुखले मिठो बोलेर भन्दापनि व्यवहारमा काम गरेर देखाउनुपर्ने बताइन् । उनले सरकारले सयमा नै निर्माण सम्पन्न नगर्नेहरुमाथि एक्शन लिनुपर्ने बताइन् । उनले संसद भवन निर्माण छिटो हुनुपर्छ भन्नेमा आफ्नो कुनै बाध्यता नरहेको बताइन् ।

उनले भनिन्, ‘सयमको दुरुपयोग पनि भ्रष्टाचार हो, मुखले मिठो बोलेर होइन, एक्शन लिनुपर्छ । सब कन्ट्याक्टर राखेर भएपनि समय लिएको सययमा काम सक्नुपर्छ, यो समयमा काम सक्नुपर्छ । मलाई कुनै बाध्यता छैन, केही छैन, विशाल नेपाल हुनुपर्छ ।’

निर्माणको काम सब कन्ट्याक्टर राखेर भएपनि समयमै सक्नुपर्ने बताइन् ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend