काठमाडौं । शरणर्थी प्रकरणमा पक्राउ परेका आरोपीतहरूको बयान अन्तिम चरणमा पुगेको छ ।
शुक्रबार पुर्व गृहमन्त्री बालकृष्ण खाणसहित ३ जनाको बयान लिइँदै ५ ।
बिहीबार पूर्वउपप्रधानमन्त्री तथा एमालेका निलम्बित नेता टोपबहादुर रायमाझीसहित तीनजनाको बयान सकिएको थियो । योसँगै १८ जनामध्ये नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १५ जनाको बयान सकिएको छ ।
जिल्ला अदालत काठमाडौंमा खाणसहित भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र बिहीबार काठमाडौं जिल्ला अदालतमा हाजिर भएका हरिभक्त महर्जनको बयान आज लिइन लागिएकाे हाे ।
प्रतिवादीको बयान लिन यही जेठ १२ गतेदेखि थालिएको थियो ।
यस प्रकरणमा १२ जना अझै फरार छन् ।