
पौष २२ काठमाडौं राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले एमसीसी नेपालको हितमा नभएको बताएका छन्। नेपालमा सैनिक गठवन्धन निर्माण गरेर साम्राज्यवादीहरुले अनेक बाहानामा आफ्नो स्वार्थ सिद्ध गर्न खोजेको भन्दै उनले यो पारित भए नेपालको राष्ट्रियता, सार्वभौमिकता र अखण्डता नै खतरामा पर्ने बताए।
राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै केसीले एमसीसीमार्फत अमेरिकाले नेपालमा सैन्य गठवन्धन निर्माण गर्न लागेको र यसलाई सरकारले कुनै पनि हालतमा संसदबाट पारित गराउन नहुने बताए। अमेरिकाले हाम्रोजस्तो कमजोर मुलुकलाई अनेक सहायताको निउमा आफ्नो स्वार्थका लागि प्रयोग गर्न खोजेको उनको भनाइ थियो। उनले यसरी जानाजान साम्राज्यवादीहरुलाई नेपालको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतामाथि चलखेल गर्न लाइसेन्स दिन नहुने बताए।
अमेरिकी राजदुतावासले नै एमसीसी इन्डो प्यासिफिक रणनीतिको हिस्सा भएको छर्लङ्ग पारिसक्दा पनि यसलाई पारित गराउन सरकार निरन्तर प्रयासरत हुनु दुखद भएको जिकिर केसीले गरे। इन्डो प्यासिफिक स्ट्राटेजीमा नेपालमा अमेरिकी सेनाको क्याम्प राख्ने स्पस्ट उल्लेख भएको र एमसीसी यसकै अंग भएकोले यसले नेपालको विदेश नीति र स्वाधिनतामाथि नै प्रश्न उठ्ने उनले बताए।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend