मंगलबार, बैशाख ९ २०८२

मंगलबार, बैशाख ९ २०८२

इलाममा आफ्नै बुबाको हत्या गरेको अभियोगमा छोरा पक्राउ

इलाममा आफ्नै बुबाको हत्या गरेको अभियोगमा छोरा पक्राउ

इलाम । प्रहरीले इलाममा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ गरेको छ ।

जिल्लाको माइ नगरपालिका–२ चेप्टीका ३२ वर्षीय दीपक कुमाललाई आफ्नै बाबुको हत्याको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी निरीक्षक (इन्सपेक्टर) प्रदीप सुवेदीका अनुसार बाबु लोकबहादर कुमालको हत्या अभियोगमा उनलाई पक्राउ गरिएको हो ।

इन्सपेक्टर सुवेदीले जेठ ८ गते अंशवण्डाको विषयमा विवाद भएपछि दीपकले बाबु लोकबहादुरमाथि कुटपिट गरेका जानकारी दिए ।

छोराको कुटाईबाट घाइते भएका लोकबहादुर उपचारको क्रममा शुक्रबार बिहान बिर्तासिटी अस्पतालमा निधन भएको थियो ।

लोकबहादुरको मृत्युपछि दीपकलाई पक्राउ गरिएको उनले जानकारी दिए ।

प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend