सोमबार, बैशाख २ २०८२

सोमबार, बैशाख २ २०८२

भैरहवामा भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

भैरहवामा भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

रुपन्देही । रुपन्देहीको भैरहवामा सवारी दुर्घटनामा हुँदा एक जनाको ज्यान गएको छ।

सिद्धार्थनगर नगरपालिका–४ हनुमान मन्दिरस्थित भित्री सडकखण्डमा पीकअप भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार भे १ च ३२९० नम्बरको भ्यानले विपरीत दिशाबाट आउँदै गरेको लु १३ प ९२४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते भएका सिद्धार्थनगर नगरपालिका–१ बस्ने २४ वर्षीय धिरजसिंह राजपुतको उपचारका क्रममा युनिभर्सल मेडिकल कलेज भैरहवामा निधन भएको हो ।

दुर्घटनापछि भ्यान र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend