सुनौलो नेपाल / चितवन : चितवन प्रहरीको सक्रियता आज विभिन्न समयमा हराएका मोबाइल फोन फेला पारी सम्बन्धित मोबाइल धनीलाई जिम्मा लगाएको छ । तत्कालिन जिल्ला प्रहरी कार्यालय चितवनका एसपी दानबहादुर मल्लले सुरु गरेको अप्रेशन क्लिन चितवन अभियान अन्र्तगत फेला परेका ३३ थान मोबाइल सम्बन्धित मोबाइल धनीको जिम्मा लगाएको हो । जसको बजार मुल्य सात लाख रुपैयाँ रहेको चितवन प्रहरी जनाएको छ ।
चितवन प्रहरीको सूचना संकलन तथा अनवेषण शाखा परिसरमा आयोजित कार्यक्रममा निमित्त चितवन प्रहरी प्रमुख डिएसपी एक नारायण कोईरालाले भेटिएको मोवाईल सम्बन्धी धनीलाई फिर्ता दिएका थिए ।
हामीले त सोचेका पनि थिएनौँ भरतपुरका कृष्ण सुवेदीले भने, हराएको कुरा प्रहरीमा जानकारी गराएका थियौँ, पायौँ खुसी छौँ । उनी मात्र होईन् हराएको मोवाईल पाएपछि जुना सापकोटाको पनि खुसी उस्तै थियो । भेट्न चैं भेटियो । उनले प्रहरीको सकारात्मक सहयोगकै कारण आफूले हराएको मोबाइल पुनः प्राप्त गरेको भन्दै नेपाल प्रहरीलाई धन्यवाद दिइन् ।
विभिन्न मितिमा हराएको भनी जिल्ला प्रहरी कार्यालय चितवनमा दिएका निवेदनको आधारमा विशेष प्रविधिको प्रयोग गरी खोजतलास तथा अनुसन्धान गरी विभिन्न ब्रान्डका २३ थान मोबाईल फोन डिएसपी कोईरालाले सम्बन्धित मोबाईल धनीको जिम्मा लगाएका हुन् ।
पछिल्लो समयमा कार्यालयका आईटी शाखाको सक्रियतामा विशेष प्रविधिको प्रयोग गरी विगत लामो समयदेखि आज ३३ सहितहराएका तथा चोरी भएका १ सय २४ थान मोबाइल फेला पारी सम्बन्धीत धनीलाई जिम्मा लगाइसकेको प्रहरीले जनाएको छ । भने बजार मुल्य २७ लाख रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।
पछिल्लो समयमा प्रविधिको विकाससँगै मोबाइलको प्रयोग बढिरहेको छ । सूचना प्रविधिको समेत युग भनिएको के युवा, अर्धवैंशे वा वृद्धवृद्धा सबैका हातमा मोबाइल छ नै । तर, यसको प्रयोगसँगै सावधानी नपनाउँदा हुने चोरी र हराउने क्रमले उपभोक्ताहरु हैरान पनि छन् । चितवन प्रहरीका निमित्त प्रमुख डिएसपी एकनारायण भन्छन्, ‘‘हामीले पनि प्रविधिकै प्रयोग गरेर हराएका मोबाइला फेला पारेर सम्बन्धित धनीलाई नै फिर्ता गरिदिन्छौं ।’’ उनले आम सर्वसाधरणलाई आफ्नो समानको सुरक्षामा भने आफू नै बढी चनाखो बन्न सुझाव दिएका छन् ।