सोमबार, बैशाख २ २०८२

सोमबार, बैशाख २ २०८२

मेयर तथा उपमेयर कपको उपाधि पाटन भ्यालीलाई

मेयर तथा उपमेयर कपको उपाधि पाटन भ्यालीलाई

बैतडी । बैतडीको पाटनमा सम्पन्न मेयर तथा उपमेयर कप क्रिकेट प्रतियोगिताको उपाधि पाटन भ्यालीले जितेको छ । फाइनल खेलमा हिमचुली क्रिकेट क्लबलाई पाँच विकेटले पराजित गर्दै पाटनले उपाधि हात पारेको हो ।

पाटनस्थित श्रीकृष्ण माविको खेलमैदानमा टस जितेर ब्याटिङ गर्दै हिमचुलीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ४३ रन बनाएको थियो ।

एक सय ४४ रनको विजयी लक्ष्य पाटनले १७ दशमलव एक ओभरमा पाँच विकेट गुमाएर पूरा गर्‍यो । पाटनका लागि धीरेन्द्र चन्दले ५५ र किरन चन्दले ४५ रन बनाए ।

यसअघि ब्याटिङ गर्ने क्रममा हिमचुलीका कप्तान सन्नी विष्टले ५२ रन बनाए । बलिङतर्फ पाटनका लागि किरन चन्दले दुई विकेट लिए । उनी म्यान अफ दी म्याच घोषित भए । उपाधिसँगै पाटनले १५ हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्‍यो । उपविजेता हिमचुलीले नौ हजारसहित ट्रफी र प्रमाणपत्र पायो ।

प्रतियोगितामा हिमचुलीका विकास विष्ट म्यान अफ दी सिरिज तथा हिमचुलीकै सन्नी विष्ट उत्कृष्ट ब्याट्सम्यान चुनिए । पाटनका धीरेन्द्र चन्द उत्कृष्ट बलर घोषित भए ।

यही जेठ १२ गतेदेखि सुरु भएको प्रतियोगितामा जिल्लाका १५ टोलीको सहभागिता रहेको थियो । विजेता खेलाडीलाई पाटन नगरपालिकाका नगर प्रमुख गौरीसिंह रावललगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend