logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • म्यानचेस्टर सिटीले जित्यो एफए कपको सातौं उपाधि

    म्यानचेस्टर सिटीले जित्यो एफए कपको सातौं उपाधि

    1.2K
    Shares
    म्यानचेस्टर सिटीले जित्यो एफए कपको सातौं उपाधि

    काठमाडौं । एफए कप फुटबल प्रतियोगिताको उपाधि म्यानचेस्टर सिटीले जितेको छ ।

    म्यानचेस्टर सिटीले शनिबार खेलिएको फाइनलमा चिर प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडलाई २—१ गोलले हराउँदै उपाधिमाथि कब्जा जमाएको हो ।

    म्यानचेस्टर सिटीको प्रतिस्पर्धात्मक जितमा जर्मन मिडफिल्डर इल्के गुन्डोगन नायक बने । टोलीका लागि दुबै गोल ३२ वर्षीय गुन्डोगनले नै गरेका थिए ।

    निर्धारित समयको ३३औं मिनेटमा म्यानचेस्टर युनाइटेडका लागि ब्रुनो फर्नान्डेजले जवाफी गोल गरेका थिए । उनले पेनाल्टीमार्फत गोल गरेका हुन् । त्यसपछि पहिलो हाफ १—१ गोलको बराबरीमा सकिएको थियो ।

    खेलको ५१औं मिनेटमा गुन्डोगनले ब्यक्तिगत रुपमा दोस्रो गोल गरेपछि म्यानचेस्टर सिटी च्याम्पियन बन्यो ।

    यसअघि म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगको उपाधि पनि चुमेको थियो । अब म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगको फाइनल खेल्न बाँकी छ । च्याम्पियन्स लिगको फाइनलमा म्यानचेस्टर सिटीले इटालियन सिरिए क्लब इन्टर मिलानसँग भिडन्त गर्नेछ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend