logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • संसद् बैठक बस्दै, अवरोध गर्ने एमालेको तयारी

    संसद् बैठक बस्दै, अवरोध गर्ने एमालेको तयारी

    1.1K
    Shares
    संसद् बैठक बस्दै, अवरोध गर्ने एमालेको तयारी

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आजको संसद् बैठक चल्न नदिने संकेत गरेको छ ।

    एमालेले राष्ट्रपतिबाट संसद् छलेर असंवैधानिक रूपमा विवादास्पद नागरिकता विधेयक प्रमाणीकरण गरेको तथा प्रधानमन्त्रीले विदेशी भूमिमा गएर देशको भूभाग साटफेर गर्ने भनी दिएको अभिव्यक्ति राष्ट्रघाती रहेको जनाउँदै संसदमा प्रधानमन्त्रीले जवाफ माग गरेको छ ।

    आज संसदमा प्रमुख विपक्षी दलका नेता समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले यी विषयमा विशेष समयमा बोल्ने तयारी गरेतापनि राष्ट्रपति र प्रधानमन्त्रीले असंवैधानिक तथा राष्ट्रको हित विपरीतका गतिविधि गरेकाले यसबारे प्रष्ट नभई सदन चल्न नदिने तयारी रहेको एमाले स्रोतले जनाएको छ ।

    प्रतिनिधिसभामा आजबाट आर्थिक वर्ष २०८०/८१ को बजेटमाथि छलफल शुरु हुने कार्यसूची छ ।

    एमालेले भने संविधान र राष्ट्रिय अखण्डाविरुद्ध राष्ट्रपति र प्रधानमन्त्रीबाट भएका गतिविधिबारे माफी मागेर फिर्ता नलिएसम्म सदनको काम कारवाही अगाडि बढ्न नदिने संकेत दिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend