logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • नागरिकता विधेयक प्रमाणिकरणमा जस लिन नपाएकाले संसद्मा एमालेकाे बिरोध : अध्यक्ष केसी

    नागरिकता विधेयक प्रमाणिकरणमा जस लिन नपाएकाले संसद्मा एमालेकाे बिरोध : अध्यक्ष केसी

    1.3K
    Shares
    नागरिकता विधेयक प्रमाणिकरणमा जस लिन नपाएकाले संसद्मा एमालेकाे बिरोध : अध्यक्ष केसी

    काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले) ले नागरिकता विधेयक प्रमाणिकरणका लागि जस लिन नपाएका कारण संसदमा बिरोध गरेको बताएका छन् ।

    उनले विगतमा केपी ओली प्रधानमन्त्री हुँदा विधेयकमा निधारले हस्ताक्षर गरेको उनको भनाई छ ।

    त्यस्तै उनले भारतीय हरुले नेपालमा भारतीयलाई नागरिकता दिलाएर जनसांख्यिक हिसाबले बहुमत पुर्‍याउन खोजेका बताए ।

    भारतले नेपाललाई सिक्किम र भुटान बनाउन प्रयत्न गरिरहेको उनको भनाई छ ।

    उनले भने, ‘अंगिकृतबाट जन्मिएकालाई बंशजको नागरिकता दिनै मिल्दैन । संविधानमै त्यो कुरा राखियो षड्यन्त्र गरेर । भारतीय शासकहरुले भनेका छन् नेपालमा एक करोड भारतीय छन् भनेर । एकातिर भुगोलमाथि आक्रमण, अर्कोतिर जनसांख्यिक आक्रमण गरेर भारतले नेपाललाई सिक्किम बनाउन, भूटान बनाउन प्रयत्न गरिराखेको छ । त्यसको बिरुद्धमा संगठित रुपले नेपाली जनताले त्यो हस्तक्षेपको विरोध गर्नुपर्छ । नयाँ बनेको संसदमा अखण्ड भारत भनेर हाम्रो कपिलवस्तु, रुपन्देही, लुम्बिनी, पाकिस्तानको तक्षशिला राखेर भारतीय शासकहरु अखण्ड भारत बनाउने भनेपछि भारतले के के आटिराखेको त ? नेपाललाई हिन्दुराज्य बनाउने मात्रै होइन कि नेपाललाई अखण्ड भारतमा सामेल गराउने योजना छ । अहिले जुन बन्द गरिरहनु भएको छ साथीहरुले उहाँहरुले अंगिकृत नागरिकबाट जन्मिएकालाई वंशजको दिनुहुन्न भन्ने होइन कि उहाँहरुले दिन पाइएन त्यत्ति कुरा हो । अघिल्लो संसदले पारित गर्‍यो नि । यदी त्यतिबेला ओलीजी नै प्रधानमन्त्री भए निधारले सही गरेर तत्कालिन राष्ट्रपतिलाई दिनुभएको । अहिलेको झगडा भनेको कसले दिने त्यो काम ? त्यही हो । भारतले भूमि मिचेको बारे कुरै भएन । इपीजी बारेमा प्रश्नै उठाउनुभएन । भारतले नेपालको शासकहरुलाई बिरालोले मुसो खेलाएझैँ खेलाएर नेपालको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतामाथि, यहाँको प्राकृतिक, स्रोत, साधनमाथि कब्जा गर्दै गएको छ । सबभन्दा पहिले नेपालमा करोडौँ अंगिकृत नागरिकबाट जन्मिएकालाई बंशजको नागरिक गराएर नेपालमा भारतीयहरुले जनसांख्यिक हिसाबले बहुमत भारतीयहरुको बनाउन चाहन्छन् ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend