काठमाडाैं । नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछाने आईसीसी विश्वकप छनोटको तयारी गर्न आज दक्षिण अफ्रिका जाने भएका छन् ।
नाबालिग बलात्कार मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन रहेकाले सन्दीपले विश्वकप छनोट प्रतियोगिता खेल्ने या नखेल्ने अन्योल थियो । तर अदालतमा सन्दीपविरुद्धको बलात्कार आरोपको मुद्दाको पेसी आगामी असार २९ गतेसम्मलाई सरेपछि उनले दक्षिण अफ्रिकामा टिमसँगै अभ्यास गर्ने भएका हुन् ।
नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीपलाई दक्षिण अफ्रिका पठाउने तयारी गरेकाे ५ । क्यानका कार्यबाहक सचिव दुर्गाराज पाठकका अनुसार
सन्दीपविरुद्धको मुद्दाको पेसी अब असार २९ गतेसम्मलाई सरेको छ । सन्दीपको भिसा पहिले नै आइसकेको उनले बताए । उनका अनुसार अब सन्दीपलाइ टिकट काटेर पठाउने तयारी भइरहेको छ । उनी सोमबार बेलुकासम्म दक्षिण अफ्रिका जानेछन् ।