logo

२०८१ असोज ३ बिहिबार

logo
  • बिहिबार, ३ असोज २०८१
  • गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा वर्षाको सम्भावना

    गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा वर्षाको सम्भावना

    1.1K
    Shares
    गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा वर्षाको सम्भावना

    काठमाडौं । पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले देशका अधिकांश स्थानमा बदली रहनुका साथै पहाडी भेगका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    हाल सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

    कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरुमा तथा देशका बाँकी पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।

    रातिको समयमा कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जनरचट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ ।

    राजधानी काठमाडौँ उपत्यकाको आकाशमा बादल लागेको छ । काठमाडौँको तापक्रम बढेपनि पछिल्लो दुई दिनको तुलनामा गर्मी केही कम महशुस गरिएको छ । महाशाखाको विवरमा आज काठमाडौँको न्यूनतम १८ र अधिकतम तापक्रम ३२ डिग्री सेल्सियस रहेको छ ।

    महाशाखाका अनुसार एकसातादेखि देशका अधिकांश भू–भागको तापक्रम वृद्धि भएकाले गर्मी बढेको छ । तराईका अधिकांश भू–भागमा तापक्रम लू चलिरहेको छ । वर्षा नहुँदा सुक्खापन चलेकाले तापक्रम बढेर लू चलेको मौसमविद्हरुको भनाइ छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend