logo

२०८१ जेष्ठ ९ बुधबार

logo
  • बुधबार, ९ जेष्ठ २०८१
  • सौराहाको लायन्स डेन पवमा चर्चित गायक सुगम पोखरेल आउदै

    सौराहाको लायन्स डेन पवमा चर्चित गायक सुगम पोखरेल आउदै

    5.3K
    Shares

    चितवन : चितवनको पर्यटकीय नगरी सौराहामा रहेको एक मात्र लायन्स डेन पव म्युजिक बारमा यहि शुक्रबारमा विशेष सांगितिक प्रस्तुती हुने भएको छ ।

    सो अवसरमा चर्चीत गायक सुगम पोख्रेरलले विशेष प्रस्चुती दिने कार्यक्रम संयोजक दिनेश कंडेलले जानकारी दिए । पर्यटन बर्षसगैँ लायन्स डेनले हरेक शुक्रबार विशेष प्रस्तुती गर्दै आएको छ । आन्तरिक पर्यटकलाई लक्षित गरेर कार्यक्रम आयोजना गरिएको पवका सञ्चालक गौतम गिरीले बताए ।
    ४ वर्ष अघि स्थापना भएको डेन सौराहाको एक मात्रै सुविधायुक्त अण्डरग्राउन्ड म्यूजिक बार हो । स्थापनाको शुरुवातीसँगै प्रसिद्ध व्याण्ड तथा डिजेहरुको प्रस्तुति दिंदै आएको डेनमा बसेर रमाउन धेरै ठाउँबाट पर्यटकहरु आउँछन् । यहाँ म्युजिक सँगै फूड तथा पेय पदार्थको आनन्द लिएर रम्न सकिने छ ।

    यसअघि यहाँ सविन राई, नविन के भट्टराई, शिव परियार, नितेश जंग कुवँर, सुसान्त के।सी, सन्तोष राना, यलम्बर, माइला घले, डिजे यस, डिजे प्रोसेस लगायत अन्य प्रसिद्ध कलाकारहरुले प्रस्तुति दिईसकेका छन् । यस्तै मुक्ती एण्ड रिभाइवल, अतृप्त ब्याण्ड, ड्मिर्ज ब्याण्ड, स्पनदन ब्याण्ड, द न्याटिभ्स ब्याण्ड, त्रिकोण ब्याण्ड, ब्रो हुड ब्याण्ड, सलिम लगायतले समेत प्रस्तुति दिइसकेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend