बुधबार, चैत्र २० २०८१

बुधबार, चैत्र २० २०८१

काँग्रेसको नीति महाधिवेशन भदौको अन्तिममा हुन्छ: महामन्त्री थापा

काँग्रेसको नीति महाधिवेशन भदौको अन्तिममा हुन्छ: महामन्त्री थापा

काठमाडौं। नेपाली कांग्रेसले आउँदो भदौको अन्तिम साता नीति महाधिवेशन गर्ने भएको छ । महामन्त्री गगन थापाले नीति महाधिवेशन भदौको अन्तिममा गर्न लागिएको जानकारी गराएका छन्।

महामहान्त्री थापाले भने,‘हामी भदौको मसान्तमा नीति महाधिवेशन गर्छौ । नीति महाधिवेशनबाट पार्टीका महत्वपूर्ण निर्णयहरु गर्छौं।’

महाधिवेशन सकिएको छ महिनापछि नीति महाधिवेशन गर्ने भनिएपनि हालसम्म मिति तोकिएको छैन । महाधिवेशन सकिएको डेढ वर्ष वितेको छ ।

प्रशिक्षण कार्यक्रम सुरु हुनु अघि थापाले राप्ति गाउँपालिकामा स्थानीय नेता कार्यकर्तासँग छलफल क्रममा उनले उक्त कुरा गरेका हुन् ।

महामन्त्री थापाले भदौ अघि नै भ्रातृ संस्थाको पूर्णता, विभाग गठन लगायतका काम सकिने बताए ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend