पश्चिम नवलपरासी । पश्चिम नवलपरासीको रामग्राममा पोखरीमा डुबेर एक बालिकाको ज्यान गएको छ भने एक जना घाइते भएकी छन्।
रामग्राम नगरपालिका–१० नदुवास्थित श्रीनिवास केवटको माछापोखरीमा पौडी खेल्ने क्रममा ११ वर्षीया युनिषा खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पौडी खेल्ने क्रममा खोटाङ घर भई रामग्राम नगरपालिका नदुवा बस्दै आएका लेखराज खत्रीका दुई छोरी युनिषा खत्री र मुना खत्री पौडी खेल्ने क्रममा घाइते भएका थिए ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेका अनुसार घाइते भएका दुवै बालिकालाई उपचारका लागि पृथ्वीचन्द्र अस्पतालमा लगिएको भए पनि उपचारको क्रममा ११ वर्षकी युनिषा खत्रीको मृत्यु भएको हो । घाइते ७ वर्षीय मुना खत्रीलाई थप उपचारका लागि भैरहवा मेडिकल कलेज पठाइएको छ ।