पौष २३ काठमाडौं नेपालमा बसेर चीनमा अपराध गर्ने १२२ चिनियाँलाई चीन लैजानका लागि दुइवटा चिनियाँ चाटर्ड विमान त्रिभुवन विमानस्थलमा आइपुगेका छन्। उनीहरुलाई बुधबार साँझ सात बजे लैजाने तयारी भएको छ ।
चिनियाँहरुलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, महानगरीय प्रहरी अपराध महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले पुस ७ गते मनमैंजु, बाँसबारी र बूढानीलकण्ठका १० वटा घरमा छापा मारेर पक्राउ गरेको थियो ।
उनीहरूलाई नेपालबाट चीन फिर्ता गर्नका लागि अध्यागमन विभागको जिम्मा लगाइएको थियो । अध्यामगनले पनि उनीहरुलाई चार वर्ष नेपाल आउन प्रतिबन्ध लगाउँदै हजार र केहीलाई २ हजारका दरले जरिवाना गरेको थियो ।