काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने भनिएको आजको राष्ट्रिय सभा बैठक भोलिका लागि सारिएको छ ।
संघीय संसद् सचिवालयका अनुसार बैठक जेठ २४ विहान ११ः ११ बजेलाई सारिएको हो।
बैठक पर आज नबस्नेको कारण भने खुलेको छैन् ।
बैठकमा प्रधानमन्त्री दाहालले समसामयिक विषयमा वक्तव्य दिने, अर्थमन्त्री प्रकाशशरण महतले बजेटमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय गरिएको थियो ।