बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

बजेट बनाउँदा इमान्दारिता भन्दा बाहिर गएको छैनः अर्थमन्त्री महत

बजेट बनाउँदा इमान्दारिता भन्दा बाहिर गएको छैनः अर्थमन्त्री महत

??????????? ??. ??? ????????, ?? ?????: ?????? ????? ??? ???? ?????????? ?????? ????? ???????????? ?????? ?????? ???? ????/?? ?? ???????? ???????? ????????? ? ?????????????? ?????????????? ??????????? ????? ???????? ???? ????????? ??????????? ??. ????????? ???? ?????? : ????????? ????????/????

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले इमान्दार भएर काम गर्दा कठिन भएको बताएका छन् । मंगलवार बजेट निर्माणका क्रममा असम्बन्धित व्यक्तिलाई संलग्न गराई करका दर हेरफेर गरेको भन्ने विषयमा जवाफ दिँदै यस्तो बताएका हुन् ।

उनले अर्थमन्त्री भएर अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि इमान्दार भएर काम गरेको बताए । उनले आगामी आर्थिक वर्षको बजेट बनाउन आफूले कुनैपनि प्रभावबाट मुक्त भएर पारदर्शी ढंगबाट काम गरेको दाबी गरे ।

उनले अर्थ मन्त्रालयका कर्मचारीकै रुपमा रामकृष्ण श्रेष्ठलाई करका दर टाइप गर्न दिएको बताए । अर्थमन्त्रीले श्रेष्ठले ३० वर्षदेखि यही काम गर्दै आएको बताए ।

श्रेष्ठको विज्ञताको कारण अघिल्लो अर्थमन्त्रीले मन्त्रालयमा नियुक्त गरेको देखिएको बताए । उनले मेरो इमान्दारितामा एक इन्च रौँ नहल्लेको स्पष्ट पारे ।

उनले इमान्दारिता कायम राखेकाले स्वास्र्थ समूहहरु निजी स्वार्थ भएकाहरु पछि लागेको बताए । उनले अनधिकृत व्यक्ति छिराएर करका दर हेरफेर गर्न पर्‍यो भन्ने भाष्य बनाएर नियोजित रुपमा गर्दा त्यो नै सत्य हुने ? भन्दै प्रश्न गरे ।

उनले जिम्मेवारीमा बसेकाहरु सबै असत्य,झुटा र असत्य काम गर्न बसेको भन्नेकुरा हुन नसक्ने बताए । उनले कसैले लेखिदियो त्यो चाहीँ सत्यमाथि सत्य भयो भन्ने तर्क गरे ।

उनले जिम्मेवारी लिएर कसम खाएर संसदको रोष्टममा उभिएर जवाफ दिएको भन्दै आफ्नो इमान्दारितामाथि शंका नगर्न आग्रह गरे ।

त्यस्तै,अर्थमन्त्री डा.महतले करको दर हेरफेरबारे आफूहरुले नै निर्णय गरेको बताए । उनले निर्णय भएको इन्ट्री गर्न भने पूर्वनायब सुब्बा रामकृष्ण श्रेष्ठलाई सहयोगीका रुपमा लिएको स्वीकार गरे ।

उनले करको दर हेरफेरबारे आफू सहितका आधिकारिक व्यक्तिहरुले निर्णय गरेको दाबी गरे । उनले निर्णय गरिसकेपछि निर्णय प्रक्रियामा बसेका पदाधिकारीको उपस्थिति र निर्देशनमा इन्टर गर्ने काम मात्र भएको बताए ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend