
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले करको दर हेरफेरबारे आफूहरुले नै निर्णय गरेको स्पष्ट पार्दै यसलाई इन्ट्री गर्न भने पूर्वनायब सुब्बा रामकृष्ण श्रेष्ठलाई सहयोगीका रुपमा मात्रै लिएको स्पष्टोक्ति दिएका छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बजेट निर्माणमा अनाधिकृत व्यक्तिको संलग्नताबारे प्रश्न उठेपछि सदनमा स्पष्टीकरण दिँदै अर्थमन्त्री महतले आफ्नो इमान्दारितामाथि शंका नगर्न आग्रह गर्दै करको दर हेरफेरबारे आफू सहितका आधिकारिक व्यक्तिहरुले निर्णय गरेको उल्लेख गरे ।
अर्थमन्त्री महतले भने, ‘निर्णय प्रक्रियामा उहाँ हुने कुरै भएन । निर्णय गरिसकेपछि निर्णय प्रक्रियामा बसेका पदाधिकारीको उपस्थिति र निर्देशनमा यो यो इन्टर गर भनेर इन्टर गर्ने काम मात्र हो ।’
आफू आउनुभन्दा अघि नै सहयोगका लागि रामकृष्ण श्रेष्ठको नियुक्ति भइसकेको मन्त्री महतले बताए ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend