logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • ओली भन्छन्,-‘सरकारले मुलुकको अर्थतन्त्रको नेतृत्व गर्ने सामर्थ्य गुमाईसकेको छ’

    ओली भन्छन्,-‘सरकारले मुलुकको अर्थतन्त्रको नेतृत्व गर्ने सामर्थ्य गुमाईसकेको छ’

    2.1K
    Shares
    ओली भन्छन्,-‘सरकारले मुलुकको अर्थतन्त्रको नेतृत्व गर्ने सामर्थ्य गुमाईसकेको छ’

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले मुलुकको अर्थतन्त्रको नेतृत्व गर्ने सामर्थ्य गुमाईसकेको टिप्पणी गरेका छन् ।

    मंगलबार प्रतिनिधिसभा बैठकमा सरकारले पेश गरेको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उनले मुलुकको अर्थतन्त्रको नेतृत्व वर्तमान सरकारले गर्न नसक्ने जिकीर गरेका हुन् ।

    अध्यक्ष ओलीले बहुमत भएकाले संसदबाट बजेट पारित भएपनि त्यसले कुनै परिणाम नदिने दावी समेत गरे । सरकार यथास्थितिवाद र पश्चागमनको मार्गमा रहेको भन्दै उनले कुनै पनि काम गर्ने उत्साह र जाँगर नभएको दोहोर्‍याए ।

    ओलीले भने, ‘यो सरकारले मुलुकको अर्थतन्त्रको नेतृत्व गर्ने सामर्थ्य गुमाएको छ । मुलुकको अर्थतन्त्रको नेतृत्व यो सरकारले गर्न सक्दैन । सक्छ भनेर बहस गर्नु होला । सक्छ भनेर पास गर्नु होला । अर्को वर्षमा परिणाममा हेर्नुहोला । उत्साह, जाँगर र दृढ निश्चय सरकारसँग छैन भन्ने अव छर्लङ्ग भईसकेको छ । सरकार यथार्थपरक होईन यथास्थितिवाद, अग्रगमन होइन, पश्चागमनको मार्गमा छ । नेपाललाई विकसित देशमा रुपान्तरण गर्न, नेपालीलाई सम्पन्न र उच्च जीवन स्तरमा पुर्‍याउन नसक्ने आफैं स्विकार गरेको बजेटले नेपाली अर्थतन्त्रको सामर्थ्यको अवमूल्यन गरेको छ ।’

    अध्यक्ष ओलीले नेपाललाई विकसित देशमा रुपान्तरण गर्ने र नेपाली जनतालाई सम्पन्न बनाउन नसक्ने कुरा बजेटमार्फतनै सरकारले स्विकार गरेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend