२३ पुस काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले सूचना प्रविधि विधेयकले सरकारको बिरोध गर्नेहरु जो कोहिलाई पनि नछोड्ने बताएका छन् बिहिबार माइतीघरमा नेबिसंघले आयोजना गरेको सूचना प्रबिधि विधयेकको बिरोध कार्यक्रममा बोल्दै थापाले भने यदि यो विधयेक जस्ताको त्यस्तै पारित भयो भने गगन थापामात्रै हैन भिम रावल र राम कुमारी झाँक्रीहरु पनि थुनिने छन् यो सरकारले आफ्नो बिरोध गर्न पार्टी भित्रैका र बाहिरका कसैलाई पनि नछोड्ने गरी यो बिधेयक ल्याएको बताए ।
यस अघि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले विधेयक नपढी गरिएको टिप्पणी गरिएको भनी दिएको सार्वजनिक अभिव्यक्तिको विरोध गर्दै थापाले विधेयकमाथि बहस गर्न चुनौती दिए । ‘मन्त्रीज्यूलाई भन्न चाहन्छु छलफल गर्ने हो ? संसदमा गर्ने हो ? माइतीघरमा गर्ने हो ? वा तपाईको तपाईको पार्टी कार्यालय धुम्बाराहीमा गर्ने हामी तयार छौं’ उनले भने ।
विधेयक जस्ताको तस्तै पारित भयो भने सरकार र सत्तारुढ पार्टीको गुणगान गाउनेहरु मात्र टिक्ने थापाले जिकिर गरे । ‘विधेयक जस्ताको तस्तै पारित भयो भने ‘श्री ६ बडामहारानी विद्या भण्डारीको जय, श्री ५ प्रधानमन्त्री केपी ओलीको जय, श्री ३ प्रचण्डको जय भन्नेहरु टिक्छन् ।’
यो विधेयकका विरोधमा आफूहरु संसदमा लडिरहेको भन्दै उनले बहुमतले पारित हुन सक्ने भन्दै सडकबाट पनि दबाब दिन आग्रह गरे । ‘संख्यात्मक हिसाबले हामी कम छौं, हामीले मात्र चाहेर रोक्न सक्दैनौं, अंकगणित उनीहरुको छ, बहुमतले पारित गर्न सक्छन्, सडकको साथ चाहियो’ उनले भने ।
हेरौ भिडियो