logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • जसले अबैध खोला उत्खननको बिरोध गर्थे उसैलाई मार्यो टिपरले

    जसले अबैध खोला उत्खननको बिरोध गर्थे उसैलाई मार्यो टिपरले

    2.4K
    Shares

    पुस २५, अवैध ढंगले खोला उत्खननकाे विरोध गर्नेएक युवकलाई धनुषामा हत्या गरिएको छ।मिथिला नगरपालिका ५ श्रीपुरका २४ वर्षीय दिलिप महतोलाई ना ७ ख ६४१३ नम्बरको टिपरले किचेर आज विहान हत्या गरेको हो। महतोको घर नजिकै रहेको खोलामा उत्खनन भइरहेको थियो। सोही बेला मोर्निङवाक गएका समयमा महतोले विरोध गर्दा टिपरले किचेर उनलाई मारेको स्थानीयले बताएका छन्। उनि भारतमा ईन्जिनियरिङ पढ्दै थिए।

    इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक रामकुमार यादबले पनि घटनाको प्रकृति हेर्दा टिपरले किचेर हत्या गरेको देखिएको बताए। अहिले घटनास्थलमा स्थानीय भेला भएर घटनाको विरोध गरिरहेका छन्। गिट्टीबालुवा उत्खनन गरिरहेकै ठाउँमा उनको हत्या गरिएकाे आरोप स्थानीयले लगाएका छन्।दीलिपले पहिलादेखि नै अवैध रुपमा हुँदै आएको खोला उत्खनननकाे विरोध गर्दै आएका थिए।

    सोही कारण क्रसर सञ्चालकले उनको नियाेजित रुपमा हत्या गरेको स्थानीयले बताएका छन्।घटनाको विरोधमा स्थानीयले मिथला नगरपालिकाको श्रीपुर स्थित रामलक्ष्मण चोकमा सडकमा टायर बालेर पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन्।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend