
बारा । बारामा आफ्नै शिशुको हत्या गरेपछि फरार आरोपित बुवा पक्राउ परेका छन्।
प्रवक्ता एवं एसपी रवीन्द्र रेग्मीले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक जना पुरूषलाई पक्राउ गरेको हो ।
बारा देवताल गाउँपालिका–४ तिप्रडीका २५ वर्षीय नुर आलम अन्सारीलाई प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौंको चन्द्रागिरि नगरपालिका–१५ ढुंगेअड्डा पिपलबोटबाट मंगलबार साँझ साढे ५ बजे उनलाई प्रहरीले पक्राउ गरेको छ ।
उनीमाथि जेठ १४ गते बेलुका आफ्नै १४ दिने शिशु छोराको हत्या गरेको आरोप छ।
उनलाई पक्राउ गरिदिन जिल्ला प्रहरी कार्यालय बाराबाट पत्राचार भएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। थप अनुसन्धान गर्न प्रहरीले उनलाई बारा पठाएको जनाएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend