काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालमा संघीयता खारेज गर्नुपर्ने बताएका छन् । उनले एकात्मक प्रणालीको विकल्पमा संघीयता हुन नसक्ने बताए ।
उनले भने, ‘संघीयता खारेज गर्नुपर्छ । नेपाल एकात्मक प्रणालीको विकल्प संघात्मक प्रणाली हुनै सक्दैन । संघात्मक व्यवस्थाले चापेर नेपाली जनता उकुसमुकुस भएका छन् ।’