काठमाडौं । प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको छलफल आज पनि जारी रहनेछ।
संघीय संसद भवन, बानेश्वरमा बिहान ११ बजेबाट बैठक सुरु हुनेछ ।
बैठकमा गत जेठ १५ गते सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०र०८१ को बजेट माथिको सामान्य छलफल जारी रहनेछ।
सरकारले प्रस्तुत गरेको बजेटमा सांसदहरूले धारणा राख्ने क्रम जारी रहेकाले बिहिबार पनि छलफल जारी रहने भएको हो ।