logo

२०८१ असोज ५ शनिबार

logo
  • शनिबार, ५ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्ड लुम्बिनी केबलकारकाे उद्घाटनका लागि बुटवल जाँदै

    प्रधानमन्त्री प्रचण्ड लुम्बिनी केबलकारकाे उद्घाटनका लागि बुटवल जाँदै

    882
    Shares
    प्रधानमन्त्री प्रचण्ड लुम्बिनी केबलकारकाे उद्घाटनका लागि बुटवल जाँदै

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुटवल जान लागेका छन् ।

    उनी नेपाली सेनाको ९ एन आरएएम अगुस्ता हेलिकोप्टरमा बालुवाटारबाट बुटवल जाने तयारीमा रहेका बताइएको छ ।

    आज बुटवलमा लुम्बिनी केबलकारको उद्घाटन कार्यक्रम रहेको छ। बुटवलको गोलपार्कबाट पाल्पाको तिनाउ गाउँपालिका, बसन्तपुरस्थित कामाख्या देवीको मन्दिरसम्म केबलकार निर्माण गरिएको छ ।

    सो केबलकारमा उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा व्यवसायी चन्द्र ढकाल र उनको व्यापारिक समूहको मूख्य लगानी रहेको छ ।

    यसअघि गत महिना प्रधानमन्त्री दाहालले नवलपुरको गैंडाकोटदेखि मौलाकालिकासम्म सोही समूहले निर्माण गरेको मौलाकालिका केबलकारको पनि उद्घाटन गरेका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend