काठमाडौं । नेपाल निजामती कर्मचारी संगठनले राष्ट्रिय महिला भेला गर्ने भएको छ । नेपाल निजामती कर्मचारी संगठनले जेठ २७ र २८ गते काठमाडौंमा राष्ट्रिय महिला भेलाको आयोजना गरेको हो ।
नेपाल निजामती कर्मचारी संगठन केन्द्रिय कार्यसमितिको आयोजना र केन्द्रीय महिला विभागको व्यवस्थापनमा ‘समता र सशक्तिकरण: सेवामा सबलीकरण’ भन्ने मुल नाराका साथ दोस्रो राष्ट्रिय भेलाको आयोजना गरिएको हो ।
संगठनका अध्यक्ष लेखनाथ कोईरालाले भेलामा देशभरबाट करिव पाँच सय प्रतिनिधिहरुको उपस्थिति हुने बताए ।
भेलाको नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने उनले जानकारी दिए । त्यस्तै, भेलामा प्रतिनिधि सभा र राष्ट्रिय सभाका महिला सदस्यहरु समेतको उपस्थिति हुने उनको भनाई छ ।
कार्यक्रममा सरकारी निकायका उच्च पदमा पुग्ने राजनैतिक नेतृत्वमा महिलाहरुको अवस्था, सार्वजनिक प्रशासनमा महिलाको उपस्थिति, समस्या, भावि लक्ष्यसहित विभिन्न पक्षहरुमा छलफल तथा वहस हुने जनाइएको छ ।
भेलामा श्रींलका, बंगलादेश, भारत लगायतका देशबाट विदेशी पाउनेहरु पनि आउने बताइएको छ ।