logo

२०८१ माघ १ मंगलबार

logo
  • मंगलबार, १ माघ २०८१
  • उपत्यकामा निकालिने भूमिगत पानीको पुनर्भरणको व्यवस्था गरिनुपर्छ: डोलप्रसाद अर्याल

    उपत्यकामा निकालिने भूमिगत पानीको पुनर्भरणको व्यवस्था गरिनुपर्छ: डोलप्रसाद अर्याल

    931
    Shares
    उपत्यकामा निकालिने भूमिगत पानीको पुनर्भरणको व्यवस्था गरिनुपर्छ: डोलप्रसाद अर्याल

    काठमाडौं । प्रतिनिधि सभा सदस्य डोलप्रसाद अर्यालले काठमाडौं उपत्यकामा निकालिने भूमिगत पानीको पुनर्भरणको व्यवस्था गर्न माग गरेका छन् ।

    बिहीवारको प्रतिनिधि सभा बैठकमा शुन्य समयमा बोल्दै प्रतिनिधि सभा सदस्य अर्यालले काठमाडौं उपत्यकामा १३ करोड लिटरभन्दा बढी भूमिगत पानी तान्ने गरिएकोले त्यसको पुनर्भरणको व्यवस्था गर्नुपर्ने बताएका हुन् । उनले जसले जति पानी निकाल्छ, सोही अनुरुप शुल्क तोक्न पनि उनले माग गरे ।

    उनले भने, ‘दैनिक १३ करोड लिटरभन्दा बढी पानी तान्ने गरिएको छ । यस बारे सरोकारवाला निकायले जवाफ दिनुपर्छ कि पर्दैन ? कि जतिपनि तान्न मिल्ने हो ? तर अचम्म त के छ भने जसले जति पानी तानेपनि शुल्क भने वार्षिक २० हजार मात्रै तोकिएको छ । यो कसरी वैज्ञानिक भयो ? त्यसैले भूमिगत पानीको पुनर्भरणको व्यवस्था गर्न र जसले जति पानी निकाल्छ, सोही अनुसार शुल्क तोक्न म सरकारको ध्यानाकर्षण गराउँदछु ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend