काठमाडौं । नेपाली कांग्रेसका सांसद विनोद चौधरीले व्यक्त गरेको असंसदीय शब्द संसदीय रेकर्डबाट हटाइएको छ ।
सभामुख देवराज घिमिरेले बजेटमाथिको छलफलका क्रममा नेपाली सांसद चौधरीले व्यक्त गरेको असंसदीय शब्द संसदीय रेकर्डबाट हटाउन निर्देश दिएका हुन् ।
नेपालमा किसानले समयमै मल पाउन नसकेको भन्दै सांसद चौधरीले धान रोपाईं गर्ने बेलामा सरकारले मल ल्याउने तत्परता देखाउने गरेको बताउन ‘जब पर्यो राति तब ‘ भन्ने उखान बोलेका थिए ।
उखानका नाममा लैंगिक विभेद्कारी शब्द प्रयोग गरिएको र संसदीय रेकर्डबाट हटाउनुपर्ने माग गर्दै महिला सांसदहरुले नियमापत्ति गरेपछि सभामुख ले रेकर्डबाट हटाउन निर्देश गरेका हुन् ।