logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • बजेटप्रति एमाले उपमहासचिव गुरुङको टिप्पणी- पञ्चायतकालीन बजेटको पुनरावृत्ति भयाे

    बजेटप्रति एमाले उपमहासचिव गुरुङको टिप्पणी- पञ्चायतकालीन बजेटको पुनरावृत्ति भयाे

    952
    Shares
    बजेटप्रति एमाले उपमहासचिव गुरुङको टिप्पणी- पञ्चायतकालीन बजेटको पुनरावृत्ति भयाे

    काठमाडौं । नेकपा(एमाले)का सांसद पृथ्वीसुब्बा गुरुङले आगामी आर्थिक वर्षको बजेट पञ्चायतकालिन बजेटको रुपमा पुनरावृत्ति भएको बताएका छन् ।

    बिहीवार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले आर्थिक वर्ष २०८०/८१ को बजेटमा प्रदेश र स्थानीय सरकारलाई दिनुपर्ने जति अधिकार नदिइएको बताएका हुन् । उनले पञ्चायतकालमा प्रधानपञ्चलाई जति अधिकार र बजेट छुट्टयाइन्थ्यो अहिले पनि त्यस्तै देखिएको उल्लेख गरे ।

    उनले बजेट पञ्चायतकालिन र बहुदलकालिन बजेटको पुनरावृत्तिको रुपमा आएको बताए । उनले स्रोत व्यवस्थापन र बजेट वितरणका हिसावले बजेट एकात्मकतावादी रहेको बताए । बजेटले संघीय लोकतान्त्रिक गणतन्त्रको मर्मलाई छुन नसकेको उनको भनाई छ ।

    उनले भने, ‘स्रोतको व्यवस्थापनका हिसाबले र यो बजेटको वितरणको हिसावले यो बजेट एकात्मकतावादी छ । यो बजेटले संघीय लोकतान्त्रिक गणतन्त्रको मुल मर्मलाई छुन सकेको छैन । यो बजेट नेपालको राजनीतिक अर्थशास्त्र नजानेको बजेट हो । भुलेको बजेट हो, नचिनेको बजेट हो । आज जसरी बजेट विनियोजन भएको छ, पञ्चायतको बजेटले जसरी प्रधानपञ्चहरुलाई जे अधिकार दिएको हुन्छ । जति रकम छुट्टयाएको हुन्थ्यो, आज हिसाबकिताब गर्दाखेरी त्यतिखेरको १०, १५ करोडमा जति रकम एउटा प्रधानपञ्चले पाउँथे । बहुदल कालको ५०/६० करोडको बजेटमा एउटा पालिकाले ३ लाख, १० लाख, १५ लाख, २० लाख जति पाउँथे । आज हिसाब गर्दाखेरी कार्यकारी अधिकार, राज्यशक्तिको अधिकार, राजकिय सत्ताको अधिकार प्राप्त गरेको सरकारहरुले जो सँग आर्थिक अधिकारहरु पनि छ । त्यस्तै अधिकार पाउने कुराको हिसाब गर्दाखेरी यो बजेटलाई पञ्चायतकालिन बजेटको पुनरावृत्ति भयो भन्न सकिन्छ । यो बजेटलाई बहुदलकालको बजेटको पुनरावृत्ति भयो भन्न सकिन्छ । यो कुनै प्रगतिशील बजेट होइन । यो समाजवादको यात्रा तय गर्नका लागि डिपार्चर गर्ने बजेट होइन । म यहीँ कुरा निवेदन गर्न चाहन्छु ।’

    उनले बजेट प्रगतिशिल नभएको उल्लेख गरे । प्रगतिशील कर प्रणाली पनि नभएको उनले बताए । बजेटले मुलुकमा राष्ट्रिय पुँजीको विकास गर्न नसक्ने उनले बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend