काठमाडौं । एएफसी यू–२० महिला एसिया कप छनोट दोस्रो चरणको दोस्रो खेलमा नेपालले बलियो प्रतिस्पर्धी चीनसँग ५–० ले हार व्यहोरेको छ ।
यानगोनस्थित थुवुन्ना रंगशालामा भएको खेलमा समूह बी मा लगातार दोस्रो पराजित भएसँग नेपाल बाहिरिएको छ । यसअघि नेपाल घरेलु टोली म्यानमारसँग पनि ५–० ले नै पराजय भोगेको थियो।
खेलमा चीनका लागि ओयुयाङ युहयानले १६औं, हुवा युएछिनले २६औं, यिन लिहोङ र लु जुहयुले पहिलो हाफको इन्जुरी टाइममा गोल गरे । यसैगरी, यु जियकीले ८९औं मिनेटमा गोल एक गोल थप गरिन् ।
समूह बी मा लगातार दुई सफलतासँगै चीन शीर्ष स्थानमा छ भने नेपाल दुई पराजयपछि अंकविहीन छ ।
नेपालका प्रशिक्षक याम प्रसाद गुरुङले बलियो टोली चीनविरुद्ध आफ्ना खेलाडीको प्रदर्शन सन्तोषजनक रहेको बताए ।