काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले आज काठमाडौँमा विरोध प्रदर्शन गर्ने भएको छ।
पार्टीका जनबर्गिय सङ्गठनहरूले संयुक्त रूपमा भ्रष्टाचार, नागरिकता विधेयक, संघीयताको खारेजीको माग गर्दै विरोध प्रदर्शन गर्न लागेका हुन्।
दिउँसो २ बजे बबरमहलबाट सुरु हुने जुलुस प्रदर्शन नयाँ बानेश्वर पुगेर कोणसभामा परिणत हुने छ । आजको सभालाई पार्टी अध्यक्ष कमल थापाले सम्बोधन गर्नेछन्।