शुक्रबार, चैत्र २९ २०८१

शुक्रबार, चैत्र २९ २०८१

रुपन्देहीबाट भन्सार छली ल्याइएको ३ सय ५० बोरा मल बरामद

रुपन्देहीबाट भन्सार छली ल्याइएको ३ सय ५० बोरा मल बरामद

बुटवल । रुपन्देहीबाट भारतीय बजारबाट भन्सार छलेर ल्याइएका ३ सय ५० बोरा अवैध मल बरामद गरिएको छ ।

भन्सार छलेर ल्याइएका लुम्बिनी सांस्कृतिक नगरपालिकास्थित खुनगाईबाट ४ लाख ३२ हजार मूल्य बराबरका ३ सय ४० बोरा ५० केजीको युरिया मल बरामद गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक श्यामू अर्यालले बिहीबार साँझ साढे ७ बजे सडक किनारामा लुकाइछिपाइ राखेको अवस्थामा रुपन्देही प्रहरीले उक्त मल बरामद गरेको जानकारी दिए ।

यस्तै, ५० केजीको बोरामा राखिएका ६४ बोरा चामल पनि सोही स्थानबाट बरामद गरिएको छ । नियन्त्रणमा लिइएका अवैध सामान बरामद गरी आवश्यक कारवाहीको लागी भैरहवा भन्सार कार्यालय बुझाइएको रुपन्देही प्रहरीले जनाएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend