logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • उपसभामुखबाट राजिनामा दिन तुम्बाहाम्फेद्वारा अस्वीकार, प्रतिनिधिसभा बैठक माघ ६ गतेसम्मका लागि स्थगित

    उपसभामुखबाट राजिनामा दिन तुम्बाहाम्फेद्वारा अस्वीकार, प्रतिनिधिसभा बैठक माघ ६ गतेसम्मका लागि स्थगित

    2.8K
    Shares

    काठमाडौं- प्रतिनिधिसभा बैठक फेरि पनि स्थगित भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा सभामुख कसलाई बनाउने भन्नेबारे कुरा नमिलेपछि आज दिउसो दिउँसो १ बजे डाकिएको प्रतिनिधिसभा बैठक माघ ६ गतेसम्मका लागि स्थगित भएको हो ।

    सभामुखको टुंगो लगाउन नेकपा निरन्तर प्रयासरत रहे पनि सहमति भने जुट्न सकेको छैन। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहानैदेखि शीर्ष नेताहरुबीच छलफल भएपनि टुंगो लाग्न सकेन। बैठकमा उपसभामुख शिवमाया तुम्बाहाम्फे पनि उपस्थित थिइन्। तर उनलाई राजिनामा गरि मार्ग प्रशस्त गर्न भनिए उनले राजिनामा दिन इन्कार गरिन।

    प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सहमति जुट्न नसक्दा संसद चल्न सकेको छैन।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend