बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

सरकार स्वास्थ्य क्षेत्रप्रति उदासिन देखिन्छ: पदम गिरी

सरकार स्वास्थ्य क्षेत्रप्रति उदासिन देखिन्छ: पदम गिरी

काठमाडौं । सांसद पदम गिरीले सरकार स्वास्थ्य क्षेत्रप्रति उदासिन देखिएको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेटमाथिको छलफलमा भाग लिँदै उनले भने, ‘शिक्षा र स्वास्थ्य जस्तो विषय आम जनताको पहुँचमा हुनुपर्दथ्यो, तर स्वास्थ्यमा २० प्रतिशत रकम घटाइएको, जसले गर्दा आधारभूत अस्पताल बन्ने छैनन, स्वास्थ्य क्षेत्रमा अब दुरावस्था देखिँदैछ ।’

करि ११ हजार हुलाकका कर्मचारीले वर्षौंदेखि सेवा गर्दै आए पनि आज जागिरबाट निस्कनुपर्ने अवस्था सिर्जना भएको भन्दै जनताको रोजीरोटी सरकारले खोस्न नहुने उनको भनाइ थियो ।

सांसद गिरीले विद्यालयका शिक्षकका लागि दरबन्दी सिर्जना गरेर पारिश्रमिक दिनेगरी सरकारले व्यवस्था गर्नुमा जोड दिए ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend