logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • पेटकाे उपचार गराउन देउवा आज सिंगापुर जाँदै, साथमा आरजुपनि

    पेटकाे उपचार गराउन देउवा आज सिंगापुर जाँदै, साथमा आरजुपनि

    2.2K
    Shares
    पेटकाे उपचार गराउन देउवा आज सिंगापुर जाँदै, साथमा आरजुपनि

    काठमाडौं । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा आज सिंगापुर जाँदै छन्। राति ११ बजे उनी सिंगापुर प्रस्थान गर्ने तय भएकाे छ ।

    देउवा नियमित स्वास्थ्य परीक्षणका लागि सिंगापुर जान लागेकाे उनको सचिवालयले जनाएको छ । कांग्रेस सभापति समेत रहेका पूर्व प्रधानमन्त्री देउवाको साथमा उनकी पत्नी आरजू राणा देउवा पनि सिंगापुर जानेछिन् ।

    देउवाले पेटसम्बन्धी समस्याको सिंगापुरमा उपचार गर्दै आइरहेको र त्यसैको फलोअपका लागि त्यहाँ जान लागेको बताइएकाे छ । उनीहरू करिब १ हप्तापछि नेपाल फर्किने बताइएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend