काठमाडौँ । एसीसी महिला टी–ट्वान्टी इमर्जिङ टिम्स एसिया कपमा पाकिस्तान एले नेपालसमक्ष ८८ रनको जितका लागि लक्ष्य पेश गरेको छ।
नेपालले टस जितेर पहिला बलिङ गर्दै पाकिस्तानलाई १९.२ ओभरमा ८७ रनमा सीमित पार्न सफल भएको हो ।
हङकङको मङकक क्रिकेट मैदानमा जारी खेलमा पाकिस्तानकी सवाल जुल्फिकरले सर्वाधिक २८ रन योगदान दिइन् भने कप्तान फातिमा सानाले १६ रन बनाइन्।
पाकिस्तानलाई सस्तोमा समेट्न नेपालका लागि इन्दु वर्माले ३ तथा कविता कुँवर, कविता जोशी र सीता रानामगरले समान २–२ विकेट लिन सफल भए ।
नेपाली महिला टोलीले एसीसी महिला टी–ट्वान्टी इमर्जिङ टिम्स एसिया कपमा पहिलो पटक सहभागिता जनाएको हो । प्रतियोगितामा नेपाल समूह ए मा रहेको छ । हङकङ, भारत र पाकिस्तान रहेको समूहमा नेपाल रहेको छ ।