काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयकविरूद्ध सर्वोच्चमा परेको रिट न्यायाधीशद्वय कुमार रेग्मी र हरिप्रसाद फुयालको इजलासमा परेको छ।
वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले उक्त नागरिकता प्रमाणीकरणविरूद्ध सर्वोच्चमा दायर गरेकाे रिटमाथिकाे सुनुवाइ मंगलबार रेग्मी र फुयालको इजलासमा परेकाे हाे ।
यसपूर्व सर्वोच्चका न्यायाधीशद्वय प्रकाशमान सिंह रायत र सुष्मालता माथेमाको संयुक्त इजलासले प्रमाणीकरण भएको विधेयकको प्रतिलिपि राष्ट्रपति कार्यालयबाट झिकाउन आदेश जारी गरेको थियो ।
यसकासाथै, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारले गरेको प्रमाणीकरण गराउन आग्रह गरेको गत जेठ १२ को निर्णयको कपी पनि झिकाउन आदेश जारी गरेको थियो ।
दुबै पक्षलाई यस विषयमा छलफल गर्न मंगलबार बोलाएको थियो। आज दुबै पक्षले यस विषयमाथि बहस गर्नेछन्।