logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिपमा नेपालको पहिलो खेल भुटानसँग

    फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिपमा नेपालको पहिलो खेल भुटानसँग

    987
    Shares
    फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिपमा नेपालको पहिलो खेल भुटानसँग

    काठमाडौं । फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिप प्रतियोगितामा नेपालले पहिलो खेल भुटानसँग खेल्ने तय भएको छ । आज मंगलबार सार्वजनिक गरेको खेलतालिका अनुसार यस च्याम्पियनसिपमा नेपालले भोलि भुटानसँग खेल्दै सुरुवात गर्ने भएको हो ।

    भारत र श्रीलंका बाहेक दक्षिण एसियाका बाँकी पाँच राष्ट्रले प्रतिस्पर्धा गर्ने च्याम्पियनसिप राउण्ड रोविनका आधारमा खेलाइने बताइएको छ ।

    नेपालले दोस्रो खेल पाकिस्तानसँग पर्सि बिहीबार खेल्नेछ भने बंगलादेशसँग शनिबार तेस्रो खेल खेल्नेछ ।

    यसैगरी नेपालले लिगको अन्तिम खेलमा आइतबार माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ । शीर्ष चार टोली लिग चरणपछि सेमिफाइनल पुग्नेछन् । सेमिफाइनलको दुवै खेल जुन २० मा हुनेछ भने जुन २२ मा फाइनल खेल खेलाईनेछ ।

    नेपाली टोली कप्तान सदिश प्रधानको नेतृत्वमा च्याम्पियनसिपमा भाग लिन माल्दिभ्स पुगिसकेको छ ।

    विनोद महर्जन, विजय बुर्जा, निकेश राखल मगर, मविन्द्र भण्डारी, अजय कुश्वाहा, दिवेश्वर शाह, आयुश सिंह, निश्चल महर्जन, मनीष केसी, अशिम श्रेष्ठ र श्रेयशबहादुर शाह टिममा रहेका छन् ।

    यसैगरी, नेपाली टोलीको विपिन कपाली र नृपेश श्रेष्ठ प्रशिक्षक रहेका छन् भने व्यवस्थापक सुशील गुरुङ छन् ।

    सन् २०१९ डिसेम्बरमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) पछि पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली पुरुष बास्केटबल टिम खेल्न लागिरहेको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend