logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • धेरै बच्चा जन्माउन प्रोत्साहन गर्दै जापान

    धेरै बच्चा जन्माउन प्रोत्साहन गर्दै जापान

    1.5K
    Shares
    धेरै बच्चा जन्माउन प्रोत्साहन गर्दै जापान

    टोकियो । जापानले आफ्ना नागरिकहरूलाई बढीभन्दा बढी बच्चा जन्माउन प्रोत्साहन गरिरहेको छ । त्यसका लागि सरकारले सहायता प्याकेज पनि घोषणा गरेको छ।

    जापानका प्रधानमन्त्री फुमियो किशिदाले देशको जन्मदरमा आएको तीव्र गिरावटलाई रोक्न विभिन्न नीतिहरू घोषणा गरेका हुन् । पत्रकारहरूसँग कुरा गर्दै किशिदाले यो दशक जापानको बुढ्यौली जनसङ्ख्यासँग जुध्ने अन्तिम मौका भएको बताए । घोषणा गरिएका नीतिहरू आगामी वर्षदेखि लागू हुनेछन् । यसमा बालबालिकालाई आर्थिक सहायता, आमाबाबुका लागि थप बिदा, बालबालिका हुर्काउने खर्चमा मद्दत गर्ने लगायत समावेश छ।

    प्रधानमन्त्रीले देशमा कर नबढाई यो नीति कार्यान्वयन गर्न पहल गर्ने बताएका छन् । तर कतिपय विश्लेषकहरूले भने यो नीतिमा धेरै खर्च हुने भएकाले कार्यान्वयन हुनेमा आशङ्का जताएका छन् ।
    बीबीसी


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend